धनुषा, फागुन १२ । धनुषाको नगराईन नगरपालिका–२, नगराईन बजारबाट स्रोत नखुलेको २५ लाख ५० हजार रुपैयाँसहित दुईजना पक्राउ परेका छन्। महोत्तरी लोहारपट्टी नगरपालिका–५ बस्ने ३५ वर्षीय सन्जयकुमार साहको नेहा फेन्सी स्टोरबाट स्रोत नखुलेको रकमसहित उनीहरु पक्राउ परेका हुन्। पक्राउ पर्नेहरुमा सोही स्टोरका सन्चालक सन्जय र भारत, बिहार बस्ने २४ वर्षीय सुमितकुमार यादव छन्।
जिल्ला प्रहरी कार्यालय धनुषा र सीमा प्रहरीचौकी लग्मा, जटहीबाट खटिएको प्रहरीले उक्त स्टोरमा तलासी गर्दा एक हजार रुपैयाँ दरका एक हजार ६०० वटा नोट र ५०० रुपैयाँ दरका एक हजार ९०० वटा नोटसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुलाई उक्त रुपैयाँसहित भन्सार कार्यालय धनुषामा बुझाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
Facebook Comments


























