काठमाडौं, फागुन १२ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा बाँसबारी क्लब र टुसाल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।
बाँसबारी र टुसालबीचको खेल अपरान्ह सवा १२ बजे सुरु हुनेछ। दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन्। यस्तै दोस्रो खेलमा श्री कुमारी क्लब र श्री भगवती क्लबबीच खेल हुनेछ। श्री कुमारी र श्री भगवतीबीचको खेल अपरान्ह साढे ३ बजे सुरु हुनेछ। कोरोना भाईरसको कारण गत वर्षबाट स्थगित लिग सोमबारबाट पुनः सुरु भएको हो।
लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन्। एक टिम ‘ए’ डिभिजन लिगमा बढुवा हुने छन् भने एक टिम ‘सी’ डिभिजनमा घटुवा हुने छन्।
Facebook Comments


























