महेन्द्रनगर, फागुन १० । कैलालीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ७० वर्षीय कोरोना संक्रमित पुरुषको आज (सोमबार) बिहान मृत्यु भएको हो।
अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार कैलालीको गोदावरी नगरपालिका–२ का उनी यही फागुन ३ गतेदेखि भेन्टिलेटरमा थिए।
Facebook Comments


























