फागुन १० । न्युजिल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलिया क्रिकेट टोली र न्युजिल्यान्डबीचको टी-२० श्रृंखला आजदेखि सुरु हुँदैछ। पाँच खेलको श्रृंखलाअन्तर्गतको पहिलो टी-२० खेल आज हुँदैछ।
क्राइस्टचर्चस्थित हेजली ओभलमा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने १२ बजेदेखि सुरु हुनेछ। अस्ट्रेलिया ऐरन फिन्चको कप्तानीमा मैदानमा उत्रिनेछ भने न्युजिल्यान्डको कप्तानी केन विलियमसनले गर्ने छन्। यी दुई टोलीबीच हालसम्म ९ टी-२० अन्तर्राष्ट्रिय खेलहरु भएका छन् जसमध्ये ७ खेलमा अस्ट्रेलिया विजयी भएको छ भने २ खेल मात्र न्युजिल्यान्डले जितेको छ।
आइसिसीको टी-२० विश्व वरियतामा अस्ट्रेलिया दोस्रो स्थानमा छ भने न्युजिल्यान्ड छैटौं स्थानमा रहेको छ। यस श्रृंखलामा राम्रो नतिजा निकाल्दै अस्ट्रेलियालाई पुनस् शीर्षस्थानमा फर्किने अवसर रहेको छ। एजेन्सी
Facebook Comments


























