चितवन, फागुन ९ । नेपालमा थप ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ८० जनामा कोरोना पुष्टि भएको हो।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ४३१ पुगेको छ। पछिल्लो २४ घन्टामा १ सय २१ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ६९ हजार ८७६ पुगेको छ।
Facebook Comments


























