काठमाडौं, फागुन ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित सशस्त्र प्रहरी बल महोत्तरीका सशस्त्र प्रहरी वरिष्ठ हवलदार सरबन कुमार बस्नेतलाई नियन्त्रणमा लिएको छ। बस्नेतले १५ हजार घुस रकम लिएको आरोपमा आयोगले उनीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।
बस्नेतले घरायसी प्रयोगका लागि काठ दाउरा लैजान सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग घुस रकम लिएको जनाएको छ।
अख्तियारले भनेको छ,ुसशस्त्र प्रहरी बल नेपाल, सुरक्षा वेश रामनगर, गौशाला, महोत्तरीका सशस्त्र प्रहरी बरिष्ठ हवल्दार सरबन कुमार बस्नेतले घरायसी प्रयोगका लागि काठ दाउरा लैजान सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज बरिष्ठ हवल्दार सरबन कुमार बस्नेतलाई सेवाग्राहीसँग रु. १५,००० (पन्ध्र हजार रुपैयाँ) अतिरिक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।


























