फागुन ८ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज साविक विजेता लिभरपुलले एभर्टनसँग प्रतिस्पर्धा गर्दैछ। लिभरपुलले घरेलु मैदानमा एभर्टनसँग खेल्नेछ। दुई टोलीबीचको खेल राति सवा १२ बजे सुरु हुनेछ।
घरेलु मैदानमा लिभरपुल सहज जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ। तर, बलियो एभर्टनविरुद्ध लिभरपुललाई सहज जित निकाल्न कठिन हुनेछ।लिभरपुल २४ खेलमा ४० अंक जोडेर छैटौं स्थानमा रहेको छ। एभर्टनलाई हराएर लिभरपुल शीर्ष पाँचमा उक्लन चाहन्छ।
एभर्टन २३ खेलमा ३७ अंक जोडेर सातौं स्थानमा रहेको छ। प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा चेल्सीले साउथह्याम्पटनसँग खेल्नेछ। त्यस्तै बर्नलीले वेस्ट ब्रुमसँग खेल्नेछ। एजेन्सी
Facebook Comments


























