काठमाडौं, फागुन ८ । गायक प्रकाश ओझा र गायिका सिर्जना खत्री ‘हाउडे माया’को स्वरमा नयाँ गीत ‘तेरो बाउ’ सार्वजनिक भएको छ। ओएसआर डिजिटलको निर्माणमा तयार भएको गीतको भिडियोमा प्रकाश र सिर्जना फिचर्ड छन्। गतिमा प्रकाशकै शब्द र संगीत छ।
पाको उमेरमा पुरुषहरु युवतीको जालमा फसेपछि जिन्दगी बर्बाद बनेको कुरालाई व्यंग्यात्मक रुपमा भिडियोमा प्रस्तुत गरिएको छ। वसन्त निरौला निर्देशित भिडियोमा रामशरण जं गमको पनि अभिनय छ। भिडियोमा दिव्यराज सुवेदीको छायांकन र सुप्रिम पराजुलीको सम्पादन छ।
Facebook Comments


























