काठमाडौं, फागुन ६ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। अपराह्न तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा १४औँ महाधिवेशनको नयाँ कार्यतालिकाबारे विस्तृतमा छलफल हुनेछ।
कांग्रेसले १४औँ महाधिवेशन २०७८ साल भदौ ७ गतेदेखि २० गतेसम्म काठमाडौँमा गर्ने प्रस्ताव गरेको छ। यस्तै आजको बैठकमा संसद विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम के हुने भन्नेबारे पनि छलफल गर्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।
Facebook Comments


























