फागुन ६ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको अक्सन आज हुँदैछ। चेन्नईमा आयोजना हुने अक्सन अपरान्ह सवा ३ बजे सुरु हुनेछ।
अक्सनमा कुल २ सय ९२ खेलाडी छन्। जसमा १ सय २५ विदेशी खेलाडी छन्। अक्सनबाट २२ विदेशीसहित ६१ खेलाडी बिक्ने भए पनि नेपालीहरूको चासो सन्दीप लामिछानेका प्रति छन्।अक्सनमा सन्दीपको न्युनतम मूल्य ४० लाख भारु रहेको छ। यसअघि तीन सिजन आईपीएल खेलिसकेका लेग स्पिनर सन्दीपलाई दिल्ली क्यापिटल्सले रिलिज गरेको हो।
Facebook Comments


























