फागुन ५ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज शीर्ष स्थानको म्यानचेस्टर सिटीले एभर्टनसँग प्रतिस्पर्धा गर्दैछ। सिटीले एभर्टनसँग उसैकै मैदानमा खेल्नेछ। सिटी र एभर्टनबीचको खेल राति २ बजे सुरु हुनेछ।
एभर्टनको मैदानमा सिटी जित निकाल्दै उपाधि होड बलियो बनाउन चाहन्छ। लिगमा सिटीले ७ अंकको अग्रता बनाएको छ। एभर्टनलाई हराएर सिटी अग्रता थप फराकिलो बनाउन चाहन्छ।
शीर्ष स्थानको सिटीले २३ खेलमा ५३ अंक जोडेको छ। एभर्टन २२ खेलमा ३७ अंक जोडेर सातौं स्थानमा रहेको छ। एभर्टन पनि सिटीलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ। अर्को खेलमा बर्नलीले फुलहमसँग खेल्नेछ। एजेन्सी
Facebook Comments


























