चितवन । माडीको इन्द्रबस्तीमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। माडी नगरपालिका ८ स्थित टुनामुना खोला सिरानमा ढुंगा लिन जाने क्रममा बिहान करिब साढे ९ बजे ना।५त ३०४५ नम्बरको ट्र्याक्टर दुघर्टना भएको हो।
दुर्घटनामा परेर सोही ठाउँका २२ वर्षीय ट्र्याक्टर चालक मनोज सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए।
Facebook Comments


























