चितवन, फागुन ५ । दोस्रो संस्करणको अन्तर्राष्ट्रिय चितवन भेट्रान कप फुटबल प्रतियोगिता फागुन ११ गतेबाट सुरु हुने भएको छ। आयोजक चितवन भेट्रान फुटबल क्लबले प्रतियोगिता फागुन ११ देखि १५ गतेसम्म आयोजना हुने जनाएको छ।
कृष्णपुर खेल मैदानमा आयोजना हुने प्रतियोगितामा १४ टिमको सहभागिता रहेको छ। प्रतियोगितामा सहभागिता जनाउन ४० वर्ष उमेर माथिको हुनु पर्नेछ।प्रतियोगिताको विजेताले १ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउने छ।
यस्तै उपविजेताले ७५ हजार रुपैयाँ पाउने छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १५ हजार पाउने छन्। व्यक्तिगत विधाका विजेताले १ओ हजार पाउने आयोजकले जनाएको छ।
Facebook Comments


























