काठमाडौं, फागुन ५ । पत्रकारले वार्षिक रुपमा प्रेसपास नवीकरण गर्नु पर्ने झमेला भएको गुनासो पछि सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले ५ वर्षसम्म नविकरण गर्न नपर्ने व्यवस्था गर्ने बताए। नेपाल पत्रकार महासंघको २५ औ महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा मन्त्री गुरुङले सूचना विभागबाट हुने झन्झटिलो कामलाई सहज बनाउन आफु लागि पर्ने बताएका हुन्।
मन्त्री गुरुङले अनलाइन र केवल टिभीलाई पनि लोककल्याणकारी विज्ञापनको सुविधा दिइने, सञ्चार प्रतिष्ठापन केन्द्रको स्थापना गिरने, श्रमजीवि पत्रकार ऐन लागू गर्न पत्रकार महासंघसँग सहकार्य गर्ने, पत्रकार वृतिविकास कोषलाई वढाएर १० करोड वनाइने बताए। कोषको रकमवाट जेष्ठ, अशक्त, सुत्केरी पत्रकार, विरामी पत्रकार, रोजगार गुमेका पत्रकारको हीतमा लगानी गर्ने गुरूङले वताए। उनले नेपाल पत्रकार महासंघको २६ औ महाधिवेशन सफलताको शुभकामना व्यक्त गरे।


























