चितवन ५ फागुन । पञ्चकन्या ग्रुपले चितवनको भरतपुरमा पनि डिपाे सञ्चालनमा ल्याएकाे छ। मंगलबार सरस्वती पूजाकाे अवसरमा भरतपुरकाे डिपाे शुभारम्भ गरिएकाे हाे। चितवन र आसपासका सेवाग्राहीलाई पञ्चकन्याकाे उत्पादनको सहज उपलब्धताकाे लागि भरतपुरमा डिपो सञ्चालन गरिएको भरतपुर पञ्चकन्याको एरिया सेल्स म्यानेजर श्यामप्रसाद अर्यालले जानकारी दिए। भरतपुर ९ शरदकृष्ण टाेलमा डिपाे स्थापना भएपछि चितवनमा डिस्टिब्यूटर्स थप हुने उनले बताए। उनका अनुसार हालसम्म चितवनमा पञ्चकन्याकाे तीन वटा डिस्टिब्यूटर्समार्फत आफ्नाे उत्पादनलाई बजार प्रवर्द्वन गर्दै आएकाे थियाे।

भरतपुरकाे डिपाेमा राखिएकाे पञ्चकन्याकाे पाइप
विशेष गरी चितवनकाे डिपाेबाट प्लास्टिकजन्य उत्पादनकाे काराेबार हुनेछ। समग्रमा देशभरको तथ्यांक हेर्दा निर्माण सामाग्रीको बजारहो ५० प्रतिशतभन्दा बढी हिस्सा पञ्चकन्याले ओगटेको ग्रुपका जेनेरल म्यानेजर देवेन्द्र साहुले दाबी गरे। गुणस्तरीय वस्तुको उत्पादन र बिक्री वितरण गर्न सफल भएकै कारण नेपालमै सबैको विश्वासिलो उत्पादन बन्न सफल भएको उनले बताए। उनले आफ्ना प्राविधिकहरुलाई समेत गुणस्तरीय काममा ध्यान दिन आग्रह गरे।


























