चितवन ४ फागुन । भरतपुर महानगरपालिकाकाे वडा नम्बर ११ स्थित बिशालचाेकमा रिभल फिटनेस सेन्टर सञ्चालनमा आएकाे छ। ‘जिम फर हेल्थ’ भन्ने मूल नाराको साथ सरस्वती पूजाको दिन चितवन फिजिकल फिटनेशका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रकाश गुरुङले उक्त सेन्टरकाे उद्घाटन गरेका हुन्। मानव स्वास्थ्यकाे लागि अत्यावश्यक भइसकेकाेले नयाँ सेन्टर सञ्चालनमा ल्याइएकाे प्रोपाइटर सुरज लामाले बताए। पछिल्लाे समय हरेक मानिसको स्वास्थ्य सुरक्षाकाे लागि पनि फिटनेस सेन्टर अनिवार्य आवश्यकता जस्तै भइसकेकाेले वर्तमान समयकाे मागअनुसारकाे व्यवसाय शुरु गरिएकाे उनले बताए।

तस्बिर : नेत्र गुरुङ
लामो समयसम्मकाे सुनसानपछि अवस्था सामान्यतर्फ धकेल्दै गएकाेले नयाँ व्यवसायकाे शुरुवात गरिएकाे फिटनेस सेन्टरका सञ्चालक राजकुमार श्रेष्ठले जानकारी दिए। करिब एक वर्षसम्म काेभिड-१९ काे त्रासका कारण मनाेरञ्जन क्षेत्र ठप्प भए पनि अब भने सामान्य बन्दै गएकाेले थाेरै भए पनि आशा जागेकाे उनले बताए। साेही अनुसार सरस्वती पूजाकै दिनबाट शुरु गरिएकाे उनकाे भनाइ छ।

तस्बिर : नेत्र गुरुङ


























