काठमाडौं, फागुन ५ । भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ गरेका युवा सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत विद्यार्थी रहेको खुलेको छ। सोही विद्यालयको कक्षा १२ मा भागरथी पढ्ने गर्थिन्।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी माघ २२ गते जंगलमा मृत अवस्थामा फेला परेकी थिइन्। पक्राउ परेका युवाले अपराध स्वीकार गरेका छन् भने प्रहरीले आज (बुधबार) सार्वजनिक गर्ने तयारी गरेको छ।
सुदूरपश्चिम प्रहरी कार्यालयका एक अधिकारीले ती युवाले भागरथीको बलात्कारपछि हत्याको घटनामा आफ्नो संलग्नता स्वीकार गरेको बताउँदै बुधबार उनलाई सार्वजनिक गरिने बताए। प्रहरीले उनी सो अपराधमा संलग्न भएको प्रमाणहरु प्राप्त पनि भएको दावी गरेको छ।
Facebook Comments


























