दार्चुला, फागुन १ । दार्चुलाको अपिहिमाल गाउँपालिकामा निर्माणाधीन विद्युतको नहरको पर्खाल भत्किँदा २ जनाको मृत्यु भएको छ। मज्जे खोला लघु जलविद्युत आयोजनाको निर्माणाधीन पर्खाल भत्किंदा २ जना कामदारको ज्यान भएको गौरी शंकर आधारभुत विद्यालयका शिक्षक भगत सिंह धामीले बताए।
उनका अनुसार भिरमा पर्खाल निर्माण गरिरहेको बेला एक्कासी पर्खाल भत्किंदा २ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर १ पाकुका ४५ वर्षीय बल्देव महरा र अपि हिमाल गाउँपालिका वडा नम्बर ६ मज्जेकी ४० वर्षीया गोमती धामी रहेको बताए। घट्नाको थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी निरीक्षक कमलबहादुर विष्टको नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
Facebook Comments


























