चितवन, फागुन १ । प्रणय दिवसको अवसर पारेर थारु भाषाको ‘परदेशिया सजना’ र ‘ मनवा मोर’ बोलको दुईवटा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।
गायक खेम चौधरी, गायीका समिक्षा चौधरीको आवाजमा रहेको ‘परदेशिया सजना’ तथा रोहित सिंह चौधरी र गायीका अन्नु चौधरीको आवाजमा रहेको ‘ मनवा मोर’ बोलको गित सार्वजनिक गरीएको हो। ‘परदेशिया सजना’ बोलको गितमा शब्द श्याम चौधरी,संगित गाणेश चौधरी, निर्देशन÷कोरीयोग्राफी सुरज देव कुस्मीयाको रहेको छ। नरेश चौधरी र सविना महतोको अभिनय देख्न सकिन्छ भने गित मार्फत प्रेम जोडिको विषयलाई प्रथामीकता दिईएको छ।
यसैगरी ‘मनवा मोर’ बोलको गितमा शब्द,संगीत बिरेन्द्र चौधरी, निर्देशन रोहीत सिंह चौधरीको रहेको छ। देव महतो र अन्जु कुस्मीको अभिनय रहेको उक्त गित मार्फत प्रेम सम्बन्ध पछिको बिछोडलाई देखाईएको छ।
Facebook Comments


























