काठमाडौं, माघ २९ । राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा आज बिहीवार दुई खेल हुँदै छन्। लिगमा आज उदयपुरको चौदण्डीगढी नगरपालिका र स्याङ्जाको वालिङ नगरपालिका तथा त्रिभुवन आर्मी क्लब र विराटनगर महानगरपालिकाबीच प्रतिष्पर्धा हुन लागेको हो। दुबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ।
चौदण्डीगढी र वालिङबीचको खेल मध्यान्ह १२ बजे हुनेछ भने आर्मी र विराटनगरबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ। यसअघि हिजो भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले रौतहटको चन्द्रपुर नगरपालिकालाई ८-० गोल अन्तरले पराजित गरेको थियो।
Facebook Comments


























