माघ २९ । भर्टन एफ ए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। टोटनह्याम हट्सपरलाई ५–४ ले पराजित गर्दै एभर्टनले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो।
बुधबार राति आफ्नै मैदानमा भएको खेलमा एभर्टनका लागि बर्नार्डले अतिरिक्त समयमा निर्णयक गोल गरे। निर्धारित ९० मिनेटको खेलमा ४–४ गोलको बराबरी भएपछि खेल अतरिरक्त समयमा धकेलिएको थियो।
एभर्टनका रिचार्लीसनले २ गोल गर्दा डोमिनिक काल्भर्ट लेविन र जिल्फी सिगुर्डसनले एकएक गोल गरेका थिए। यसैगरी टोटनह्यामका लागि डेभिन्सन सान्चेजले दुई गोल गर्दा ह्यारी केन र एरिक लामेलाले एक एक गोल थपे। एजेन्सी
Facebook Comments


























