माघ २९ । स्पेनिस कोपा डेल रेको सेमिफाइनल अन्तर्गत पहिलो लेगमा बार्सिलोना पराजित भएको छ। बुधबार राति भएको खेलमा घरेलु टोली सेभियाले बार्सिलोनालाई २-० ले स्तब्ध पारेको हो।
सेभियाको जितमा जुलेस कुन्डे र इभान राकिटिचले गोल गरे। खेलको २५औं मिनेटमा जुलेस कुन्डेले गोल गर्दै सभेयालाई १–० को अग्रता दिलाए। ८५औं मिनेटमा इभान राकिटिचले सेभियाका लागि दोस्रो गोल गरे र अन्ततः बार्सिलोना २-० ले पराजित भयो।
पराजित भए पनि बार्सिलोना प्रतियोगिताबाट भने बाहिरिएको छैन। बार्सिलोनाले दोस्रो लिगमा कम्तीमा पनि २–० को जित हात पारेमा खेल बराबरीमा पुग्नेछ। बार्सिलोनालाई फाइनलमा पुग्न अबको खेलमा कम्तीमा ३-० को जित आवश्यक पर्नेछ। दोस्रो लेगको खेल बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा मार्च ४ मा हुनेछ। एजेन्सी
Facebook Comments

























