माघ २९ । ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले देशका केही ठाउँमा लकडाउन घोषणा गरेका छन्। कोरोनाभाइरसको महामारी न्यूनीकरण गर्न मङ्गलबार अत्तिका क्षेत्रमा लकडाउन घोषणा गरिएको हो।
ग्रीसका झण्डै आधा जनसङ्ख्या रहेको मानिने त्यस क्षेत्रमा थप मानवीय सङ्कट नपरोस् भनेर लकडाउन घोषणा गर्न अधिकारीहरूले सिफारिस गरेका थिए। लकडाउन घोषणा गरिएकाले त्यस क्षेत्रका सबै विद्यालयहरू बन्द भएका छन् भने विद्यार्थीहरू फेरि अनलाइन कक्षामा फर्किएका छन्।
त्यसैगरी अन्य पसल तथा सेवाका क्षेत्रसमेत बन्द गरिएको छ। ग्रीसमा गत नोभेम्बरको ७ तारिखदेखि देशव्यापी लकडाउन लागू गरिएको थियो।लकडाउनको म्याद बेलाबेलामा थप्ने र क्षेत्रअनुसार पनि हेरफेर गर्ने क्रममा अहिले यस क्षेत्रमा थप गरिएको अधिकारीहरूले जनाएका छन्। एजेन्सी
Facebook Comments


























