काठमाडौं, माघ २६ । राष्ट्रिय महिला लिग फुटबलमा आज एपीएफ र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीचको खेल हुँदैछ। सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा दिउँसो २ बजेदेखि खेल सुरु हुँदैछ। शीर्ष स्थानको एपीएफले ६ खेलमा १८ अङ्क जोडेको छ। यसअघिको खेलमा एपीएफले चौदण्डीगढीलाई २२–० गोलले पराजित गरेको थियो।
जारी लिगमा चौदण्डीगढीले अघिल्ला ६ खेलमा हार ब्यहोर्दै अंकबिहीन एउटा मात्रै टीम बनेको छ। चौदण्डीगढीले आफ्नो टिम बलियो बनाउन भारतीय खेलाडी अनुबन्ध गरिसकेको छ।
Facebook Comments


























