वीरगञ्ज, माघ २६ । बारामा एक महिलाको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ। महागढिमाई नगरपालिका १ निवासी ४५ वर्षीया कान्ती देवी कुशवाहाको हत्या भएको प्रहरीले जनाएको छ।
अहिले घटनास्थलमा प्रहरी पुगेर आवश्यक अनुसन्धान गरिरहेको बाराका प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए। हत्या कसले र किन गरेको हो भन्ने बारेमा हालसम्म खुल्न नसकेको मिश्रको भनाइ छ। घटनास्थलमा तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको छ।
Facebook Comments


























