काठमाडौं, माघ २५ । आइतबार सेयर बजार ४८ अंकले बढेर ऐतिहासिक उचाइमा पुगेको छ। नेप्से परिसुचक १ दशमलव ९७ प्रतिशतले बढेर २५२४ बिन्दूमा पुगेको हो।
लघुवित्त वित्तीय संस्थाहरूको सेयर मुल्यमा उछाल आएपछि नेप्से ऐतिहासिक उचाइमा पुगेको हो। अधिकांश समूहका परिसुचक उकालो लाग्दा पनि विकास बैंक र बैंकिङ समूहको परिसुचक घट्यो। माइक्रोफाइनान्स समूहको परिसुचक ७ प्रतिशतले बढेको छ। ३३४ अंकले बढेको यो परिसुचक ४ हजार ६ सय ४० बिन्दूमा पुगेको छ।
निर्जीवन बीमा र बीमा समूहको परिसुचक पनि ठुलै अंकले बढेको छ। जीवन बीमा समूहको परिसुचक ३ दशमलव १६ प्रतिशतले बढेको छ भने निर्जीवन समूहको परिसुचक ३ दशमलव ७६ प्रतिशतले बढ्यो। त्यसबाहेक जलविद्युत समूहमा पनि ३ प्रतिशतले वृद्धि भएको छ।
Facebook Comments


























