माघ २५ । यूएईमा भएको टी-१० लिगको उपाधि नर्दन वारिवर्सले जितेको छ। शनिबार राति भएको फाइनल खेलमा दिल्ली बुल्सलाई ८ विकेटले हराउँदै वारिवर्सले उपाधि चुमेको हो।
आबुधाबीमा बुल्सले दिएको ८२ रनको लक्ष्य वारिवर्सले ८ ओभर २ बलमा २ विकेट गुमाएर पुरा गर्यो। वारिवर्सको जितमा वासिम मुहमदले २७ रन जोडे। कप्तान निकोलस पुरनले १२ रन बनाए। रोभम्यान पावेल १६ रनमा अविजित रहदा सिमोन्स १४ रनमा अविजित रहे। बुल्सका फिडेल एड्वार्ड्स र सिराज अहमेदले १-१ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको बुल्सले १० ओभरमा ९ विकेट गुमाएर ८१ रन बनाएको थियो। बुल्सका मोहमद नाभीले २१ रन बनाए। रहमानउल्लाह गुर्बाजले १३ तथा इभिन लेविसले १० रन बनाए। वारिवर्सका महेशले ३ विकेट लिए। एजेन्सी
Facebook Comments


























