माघ २५ । इटालियन फुटबल लिग सिरी एक अन्तर्गत युभेन्टसले रोमालाई हराएको छ। गएराति सम्पन्न भएको खेलमा युभेन्टसले रोमाविरुद्ध २–० अन्तरले जीत हासिल गरेको हो।
खेलको १३ औं मिनेटमा युभेन्टसका क्रिस्टियानो रोनाल्डोले गोल गरे। रोनाल्डोको गोलपछि युभेन्टसले शुरुवाती अग्रता लियो। त्यसपछि खेलको ६९ औं मिनेटमा रोमाका इबानेजले आत्मघाती गोल गरे। इबानेजको आत्मघाती गोलपछि युभेन्टसले २–० बनाएको थियो। एजेन्सी
Facebook Comments


























