माघ २५ । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति युनाइटेडको मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाइटेड र एभर्टनले बराबरी खेलेका छन्। म्यान्चेस्टर युनाइटेड र एभर्टनले ३-३ गोलको बराबरी अंक ल्याएका हुन्।
खेलको २४ औं मिनेटमा युनाइटेडका एडिन्सन काभानीले गोल अग्रता बनाएका थिए। यस्तै खेलको ४५ औं मिनेटमा युनाइटेडकै ब्रुनो फर्नान्डेजले गोल गरेका थिए। त्यसपछि ४९ औं मिनेटमा एभर्टनका एब्डोउलाए डोउकोरले गोल गरे।
खेलको ५२ औं मिनेटमा एभर्टनका हामेस रोड्रिग्वेजले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो। त्यसपछि खेलको ७० मिनेटमा युनाइटेडका स्कट टोमिनेले गोल गरेर अग्रता लिए। खेलको अन्तिम समयमा एभर्टनका डोमिची काल्भर्टले गोल गरेपछि खेल बराबरीमा सकिएको थियो। एजेन्सी
Facebook Comments

























