काठमाडौं, माघ २४ । उपाधि दाबेदार त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला लिग फुटबलमा फराकिलो जित निकालेको छ। शनिबार भएको खेलमा आर्मीले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ९-० ले पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन रश्मी घिसिङले ह्याट्रिकसहित ४ गोल गरिन्। यस्तै शर्मिला थापाले दुई तथा भुजङ्गा राई र अन्जली वाइवाले एक एक गोल गरे। आर्मीले एक गोल आत्मघाती उपहार पाएको थियो। जितसंगै आर्मीले ७ खेलमा १६ अंक जोडेको छ। आर्मी दोस्रो स्थानमा रहेको छ। चौदण्डीको यो लगातार सातौं हार हो। चौदण्डी अंक विहीन रहदै पुछारमा रहेको छ।
Facebook Comments


























