काठमाडौं, माघ २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले २०६२/६३ पछिको मार्गचित्र असफल प्रमाणित भएको टिप्पणी गरेका छन्। सामाजिक संजालमा टिप्पणी गर्दै अध्यक्ष थापाले पछिल्ला घटना क्रमले ६२/६३ पछिको मार्गचित्र असफल प्रमाणित गरेको बताएका छन्।
उनले सत्तारुढ दलले आफ्नै प्रमबिरुद्ध अविश्वास प्रस्ताव, प्रमद्वारा संसद विघटन, मुद्दा विचाराधिन रहेकै अवस्थामा अदालतलाई धम्क्याउन सडक प्रदर्शन, व्यवस्थापिका प्रमुखद्वारा कार्यपालिका र न्यायपालिका प्रमुख विरुद्ध अदालतमा मुद्दा जस्ता घटनाक्रमले ६२/६३ पछिको मार्गचित्र असफल प्रमाणित गरेको बताएका छन्।
Facebook Comments


























