चितवन, माघ २४ । चितवनको रामपुरमा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्ने उद्देश्यले आज (शनिबार) ‘स्टार क्रिकेट २०२१’ हुदैछ।
गृष्मा ब्रोडकास्टिङको आयोजनामा रङ्गशालामा आर्थिक सङ्कलनका लागि ‘स्टार क्रिकेट २०२१’ हुन लागेको हो। नेपाली फिल्म, संगीत र खेलकुदका ४० भन्दा बढी सेलेव्रिटी सहभागी हुने प्रतियोगितामा दुई समूह बाँडिएको छ।
दुई समूहलाई धुर्मुस र सुन्तलीले नेतृत्व गर्ने छन् भने मैदानमा धुर्मुस सुन्तली बिच प्रतिस्पर्धा हुनेछ। एक दिवसीय मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा दयाहाङ राई, बद्री पंगेनी, रामकृष्ण ढकाल, संगीना वैद्य, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारीलगायतले क्रिकेट खेल्ने छन्।
क्रिकेट खेल्न चितवन आइपुगेका कलाकार र खेलाडीहरुलाई शुक्रवार पञ्चेबाजासहित भव्य स्वागत गरिएको थियो।
Facebook Comments


























