माघ २४ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १० करोड ५८ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा ४ लाख ७४ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमित संख्या १० करोड ५८ लाख ८४ हजार ४२५ नाघेको छ।
यो समाचार तयार पार्दासम्म विश्वभर ७ करोड ७६ लाखभन्दा बढी मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन्। पछिल्लो २४ घण्टामा ४ लाख १८ हजार ६३३ जना निको भएका छन्।
होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड ५९ लाख २३ हजार ९०० छ। यसमध्ये १ लाख ५ हजार ९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ।
पछिल्लो २४ घण्टामा १३ हजार ९४८ जनाको मृत्यु भएको छ। योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २३ लाख ७ हजार १२८ पुगेको छ। कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ। हालसम्म अमेरिकामा चार लाख ७० हजार ४१८ जनाको मृत्यु भएको छ।
यसैगरी ब्राजीलमा २ लाख ३० हजार १२७ जना, भारतमा १ लाख ५४ हजार ९५६ जना, रूसमा ७५ हजार ७३२ जना, बेलायतमा १ लाख ११ हजार २६४ जना, फ्रान्समा ७८ हजार ६०३ जना, इटालीमा ९० हजार ६१८ जनाको मृत्यु भएको छ।


























