काठमाडौं, माघ २३ । संवैधानिक नियुक्तिमा सामेल नरहेका सभामुख अग्निप्रसाद सापकोटा रिट दायर गर्न सर्वोच्च अदालत गएका छन्। शुक्रबार रिट दायरका लागि सभामुख सापकोटा आफै सर्वोच्च अदालत गएका हुन्। उनको साथ नेकपा दाहाल-नेपाल समूहका नेतृ शशी श्रेष्ठ, रामकुमारी झाक्रीलगायत नेताहरू छन्।
संवैधानिक नियुक्ति र सपथ दुवै गैरसंवैधानिक भएको जिकीर सभामुखको छ। संवैधानिक परिषद्को सदस्य भए पनि नियुक्तिमा सापकोटा सामेल थिएनन्। संवैधानिक अंगमा ३२ जना पदाधिकारीको सपथ बुधबार बिहान कार्यालय खुल्नु अगावै भएको थियो।
Facebook Comments


























