माघ २३ । एथलेटिको बिल्वाओले कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ। सेभियामा बिहीबार राति भएको रियल बेटिससँग भएको खेल १-१ को बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा बिल्वाओ विजयी भएको हो।
पेनाल्टी सुटआउटमा बिल्वाओले बेटिसलाई ४–१ ले पराजित गर्दै समिफाइनलमा स्थान बनाएको हो। बिल्वाओका राहुल गार्सिया, इनाकी विलियम्स, जोन मोर्सिलो र युरी बर्चिचेले गोल गर्दा रियल बेटिसका एइसा मान्डीले मात्र गोल गर्न सफल भए। सर्जियो केनालेस र जुआनमीले गोल गर्न सकेनन्। एजेन्सी
Facebook Comments


























