माघ २३ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले संघर्षपूर्ण जित हात पारेको छ। बिहीबार राति भएको खेलमा चेल्सीले टोटनह्यामलाई १-० गोलले पराजित गरेको हो।
चेल्सीको जितमा जर्जिन्होले खेलको २४औँ मिनेटमा पेनाल्टीबाट गरेको गोल नै निर्णायक बन्यो। जितसँगै चेल्सी २२ खेलमा ३८ अंकसहित लिगको छैठौँ स्थानमा उक्लिएको छ। पराजित टोटनह्याम २१ खेलमा ३३ अंकसहित आठौँ स्थानमा झरेको छ। एजेन्सी
Facebook Comments


























