काठमाडौं, माघ २२ । राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणको खेल तालिका सार्वजनिक भएको छ। अखिल नेपाल फुटबल संघ ९एन्फा० ले बिहीबार दोस्रो चरणको खेल तालिका सार्वजनिक गरेको हो।
महिला लिगको दोस्रो चरणको खेलहरु शनिबारबाट सुरु हुनेछ। एन्फाले सार्वजनिक गरेको तालिका अनुसार शनिबार त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ। जारी महिला लिगको पहिलो चरण सकिदा साविक विजेता एपीएफ अपराजित रहेको छ।
एपीएफ ६ खेलमा ६ जितसहित १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। दोस्रो स्थानको आर्मीले ६ खेलमा १३ अंक जोडेको छ। यस्तै विराटनगर महानगरपालिका १० अंक जोडेर तेस्रो स्थानमा रहदा ८ अंक जोडेको नेपाल पुलिस चौंथो स्थानमा रहेको छ। वालिङ नगरपालिका ८ अंक जोडेर पाँचौ, ३ अंक जोडेको चन्द्रपुर छैटौं र अंक विहीन चौदण्डीगढी पुछारमा रहेको छ।

Facebook Comments


























