माघ २२ । २०२० लाई लिएर वेबदुनियाले एक सर्वेक्षण गरेको थियो। जसमा बलिउड अभिनेत्री दिशा पटानीले २८.२ प्रतिशतले भोट पाएर पहिलो स्थान हासिल गरेकी छिन्। सामाजिक सञ्जालमा निरन्तर आफ्नो आकर्षक फोटो पोस्ट गर्ने दिशा तिव्ररुपमा अगाडी बढेकी छिन्। युवामाझ निकै लोकप्रिय हुँदै गएकी छिन्। उनले सबै हिरोइनहरुलाई पछाडी पार्दै उनी सबैभन्दा आकर्षक अभिनेत्रीको सुचीमा पर्न सफल भएकी हुन्।
अभिनेत्री किआरा आडवाणीले २४.३ प्रतिशत भोट प्राप्त गरेर दोस्रो नम्बर हासिल गरेकी छिन्। उनलाई दर्शकहरुले मात्र नभएर फिल्म निर्माताहरुले पनि मन पराएका छन्। त्यस्तै, तेस्रो नम्बरमा अभिनेत्री उर्वशी रौटेला रहेकी छिन्। उनले दर्शकको २०।५ प्रतिशत भोट प्राप्त गरेर तेस्रो स्थान हासिल गरेकी छिन् । चौथो नम्बरमा नोरा फतेहीले स्थान लिएकी छिन्। उनी आइटम गीतको कारण चर्चामा आएकी हुन्।
सबैभन्दा आकर्षक अभिनेत्रीको सुचीमा सधै सनी लियोनी पर्ने गर्थिन्। उनी धेरै समय पहिलो नम्बरमा रहिन्। तर, यसपटक भने पाँचौ स्थानमा आएकी छिन्। यसबाट सनीको लोकप्रियता कम भएको आंकलन गर्न सकिन्छ। त्यसैगरी, जैकलीन फर्नाडीज सधै टप फाइवको सुचीमा रहन्थिन् तर अब उनको स्थान झन तल झरेको छ।
दिपिका पादुकोणले पनि थोरै भोट पाएकोले सातौ स्थानमा झरेकी छिन्। पछिल्लो केही महिनादेखि उनको लोकप्रियता धेरै कम हुँदै आएको छ। आठौ स्थानमा पुजा हेगडे, नवौ स्थानमा कैटरीना कैफ र सारा अली खान दशौ स्थानमा रहेकी छिन्। एजेन्सी


























