चितवन, माघ २२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समूहका प्रचण्ड–नेपाल ले घोषणा गरेको आम हड्ताल साँझ ६ बजेपछि फिर्ता हुने भएको छ।
संवैधानिक आयोगमा नियुक्त गरिएको विरोधमा सो समूहले आज एकदिने आम हड्तालको घोषणा गरेको हो। साँझ ६ बजेपछि आमहड्तालका सबै कार्यक्रम फिर्ता हुने संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
उपत्यकाका भित्री सडकमा बन्दको प्रभाव देखिए पनि बाहिरी सडकमा भने आवागमन खुकुलो देखिन्छ। प्रर्दशनकारी काठमाडौंको कोटेश्वरलगायत क्षेत्रमा जम्मा भएका छन्। आम हड्तालका क्रममा काठमाडौं उपत्यकाबाट प्रचण्ड–नेपाल समूहका १५० नेता–कार्यकर्ता पक्राउ परेका छन्।
Facebook Comments


























