चितवन, माघ २१ । संसद बिघटन गर्ने काम कानुनको उलङ्घन भएको पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले बताएकाछन्। जसपा चितवनले आज भरतपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै संसद बिघटन गर्नु भनेको नेपालमा पुनः निरङ्कुश ल्याउने कदम भएको भट्टराईले बताए।
उनले सहमतिको आधारमा संविधानलाई संसोधन गरी सहमतिमा निर्वाचमा जान सकिने बताए। भट्टराईले भने ‘अहिलेको निर्वाचन कुनै पनि हालतमा हुदैन’।
Facebook Comments


























