काठमाडौं, माघ २१ । नेकपा दाहाल-नेपाल समूहले भोलि बिहीबार देशव्यापी आमहड्ता घोषणा गरेको छ। पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले भोलिलाई आमहड्ताल आह्वान गरिएको बताइन्।
भुसालले भोलि विद्यालय, कारखाना, सार्वजनिक क्षेत्र र यातायात पनि ठप्प पारिने बताइन्। काम चलाउ बनिसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक नियुक्ति गरेको भन्दै दाहाल-नेपाल हड्तालमा उत्रिएका हुन्।
Facebook Comments


























