काठमाडौं, माघ २१ । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिकाबीच खेल हुनेछ।
आर्मी र चौदण्डीबीचको खेल बिहान साढे ११ बजे सुरु हुनेछ। चौदण्डीविरुद्ध आर्मी सहज जितको खोजीमा हुनेछ। आर्मी ५ खेलमा १० अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ। आर्मी चौदण्डीलाई हराएर शीर्ष स्थानको एपीएफविरुद्ध अंक दुरी कम गर्न चाहन्छ। एपीएफले १८ अंक जोडेको छ।
चौदण्डी अंक विहीन रहदै पुछारमा रहेको छ। चौदण्डी पहिलो अंकको खोजीमा रहेको छ। अर्को खेलमा नेपाल पुलिस क्लबले विराटनगर महानगरपालिकासँग खेल्नेछ। पुलिस र विराटनगरबीचको खेल अपरान्ह साढे २ बजे सुरु हुनेछ। पुलिस ५ खेलमा ८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।विराटनगर ७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ।
Facebook Comments


























