माघ २१ । कोपा इटालिया फुटबलको पहिलो सेमिफाइनलको पहिलो लेगमा युभेन्ट्सले जित निकालेको छ। मंगलबार राति भएको खेलमा युभेन्ट्सले इन्टर मिलानविरुद्ध २-१ गोलको जित निकालेको हो।
इन्टरको मैदानमा एक गोलको अग्रता उल्टाएर युभेन्ट्सले जित निकालेको हो। खेलको नवौं मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, क्रिस्टियानो रोनाल्डो चम्किएपछि युभेन्ट्सले पुनरागमन गर्यो।
खेलको २६ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए। त्यसपछि खेलको ३५ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २-१ को जित दिलाए। अब दुई टिमबीचको दोस्रो लेग १० फेब्रुअरीमा युभेन्ट्सको मैदानमा हुनेछ। यस्तै अर्को सेमिफाइनलमा नापोली र एटलान्टा आज राति भिड्ने छन्। एजेन्सी
Facebook Comments

























