काठमाडौँ, माघ २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना मुद्दाको पेसी सरेको छ।
मंगलबार न्यायाधीश मनोज शर्माको इजलासमा पेसी तोकिए पनि हेर्न नभ्याइएको सर्वोच्च अदालतले जनाएको छ। दाहालविरुद्ध सोमबार अधिवक्ता समीर हायूले अदालतको अवहेलनाको निवेदन दर्ता गरेका थिए। निवेदनमा दाहालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा विभिन्न सभाहरूमा बोल्नुका साथै न्यायाधीशहरूलाई लक्षित गरेर अभिव्यक्ति दिएको जनाइएको छ।
Facebook Comments


























