माघ २० । प्रिमियर लिग क्लब लिभरपुलले मिडफिल्डर ताकुमी मिनामिनोलाई लोनमा साउथह्याम्पटन पठाएको छ। साउथह्याम्पटनले जापानी मिडफिल्डरलाई सिजनको अन्तिमसम्मको लागि लोनमा अनुबन्धन गरेको हो।
लिभरपुलको पहिलो रोजाईमा पर्न असफल भएपछि २६ वर्षीय मिडफिल्डर साउथह्याम्पटन आएका हुन्। मिनामिनो सन् २०१९ को डिसेम्बरमा अष्ट्रियन क्लब आरबी साल्जवर्गबाट लिभरपुलमा आएका थिए। लिभरपुल आएपछि उनि प्रिमियर लिगको ४ खेलमा मात्र सुरुवाती-११ मा परेका थिए। मिनामिनोले लिभरपुलबाट कुल ३० खेल खेल्दा ४ गोल गरेका छन्। एजेन्सी
Facebook Comments


























