काठमाडौं, माघ १९ । साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा फराकिलो जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा एपीएफले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १२-० गोल अन्तरले पराजित गरेको हो।
एपीएफको जितमा सावित्रा भण्डारी एक्लैले १२ गोल गरिन्। यस्तै कप्तान अनु लामाले ५ गोल गर्दा उपकप्तान अनिता बस्नेतले ३ गोल गरिन्। रेनुका नगरकोटी र सरु लिम्बुको नाममा एक एक गोल रह्यो। यो जारी लिगमा अहिलेसम्मकै सर्वाधिक गोल हो।
यससंगै एपीएफले लिगमा लगातार छैटौं जित निकालेको छ। एपीएफले ६ खेलमा १८ अंक जोडेको छ। एपीएफ शीर्ष स्थानमा यथावत रहेको छ। चौदण्डीको यो लगातार छैटौं हार हो। अंक विहीन रहेको चौदण्डी पुछारमा रहेको छ। प्रतियोगिता अन्तर्गत मंगलबार एक खेल हुनेछ। मंगलबार वालिङ नगरपालिकाले चन्द्रपुर नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ।


























