काठमाडौँ, माघ १९ । नेपाली सेनाले आज राति बख्तरबन्द गाडी काठमाडौँको चक्रपथमा परिक्रमा गराउने भएको छ। नेपाली सेनाको नियमित अभ्यास योजनाअनुसार माघ १९ गते राति बख्तरबन्द गाडीहरु चक्रपथ परिक्रमा गर्ने नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले जानकारी दिए।
त्यस्तै ८ वटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको पनि निर्देशनालयले जनाएको छ। नियमित अभ्यास भएकाले सर्वसाधारणलाई अनावश्यक त्रास नहोस् भनेर सूचना जारी गरिएको पनि निर्देशनालयले जानकारी दिएको छ। सेनाका एकदर्जन बढी बख्तरबन्द गाडी हातहतियारसहित चक्रपथ परिक्रमा गराइने जनाइएको छ।
Facebook Comments


























