माघ १६ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले टोटेनहमविरूद्ध सहज जित निकालेको छ। बिहीबार राति भएको खेलमा लिभरपुलले टोटेनहमलाई ३-१ गोलले पराजित गरेको छ।
टोटेनहमको मैदानमा लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिन्हो, ट्रेन्ट एलेक्स्जेन्डर आर्नोल्ड र साडियो मानेले एक एक गोल गरे । टोटेनहमका पिएरे इमिलले एक गोल फर्काए। जितसंगै लिभरपुल तालिकाको चौथो स्थानमा उक्लिएको छ। लिभरपुलले २० खेलमा ३७ अंक जोडेको छ। टोटेनहमको ३३ अंकसहित छैटौँ स्थानमा छ। एजेन्सी
Facebook Comments


























