काठमाडौं, माघ १५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा २८ हजार ७ सय बढीले कोरोना भाइरस विरुद्धको खोप लगाएको जानकारी दिएको छ।
बुधबारबाट शुरु भएको कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’ २८ हजार ७३२ जनाले लगाएको मन्त्रालयले विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो। खोप लगाएकाहरुमा कुनै पनि स्वास्थ्य समस्या नदेखिएको मन्त्रालयले जनाएको छ।
भारत सरकारबाट अनुदानमा ल्याइएको कोभिशिल्ड खोपको बुधबारप्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका थिए।सरकारले चार लाख ३० हजार जनालाई खोप लगाउने लक्ष्य लिएको छ। यही माघ ८ गते भारत सरकारले १० लाख मात्रा खोप नेपाललाई अनुदानमा दिएको थियो।
Facebook Comments


























