काठमाडौं, माघ १५ । मिथो रुथको दोहोरो ह्याट्रिकमा स्याङ्जाको वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा सहज जित निकालेको छ। बिहीबार भएको खेलमा वालिङले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १०–० ले पराजित गरेको हो।
प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा वालिङका लागि विदेशी खेलाडी मिथो रुथले दोहोरो ह्याट्रिक गरिन्। यस्तै, सम्झना शर्माले दुई गोल गर्दा मनमाया दमाई र टौटा ओरेनेला नोईलीले एकरएक गोल गरे।
पहिलो हाफमा तीन गोल गरेको वालिङले दोस्रो हाफमा ६ गोल गरेको थियो। दोहोरो ह्याट्रिक गरेकी मिथो ‘प्लेअर अफ दी म्याच’ चुनिइन्। जितसँगै वालिङले तीन खेलबाट ५ अंक जोडेको छ। चौदण्डीको यो लगातार तेस्रो हार हो।
Facebook Comments


























